दफा ४३
हिरासतमा राख्न सक्ने अवधि
(१) सम्बद्ध कसूर सहितको सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धान गर्दा अनुसन्धान अधिकारीले अनुसन्धानको लागि हिरासतमा राख्न पाउने अवधि सामान्यतया सम्बद्ध कसूरमा तोकिएको अवधिभन्दा बढी हुने छैन।

तर सम्बद्ध कसूरको अनुसन्धान गर्दा आरोपित व्यक्तिले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गरेको देखिएको र सम्बद्ध कसूरमा हिरासतमा राख्ने अवधिभित्र सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान पूरा हुने नदेखिएमा र हिरासतमा नराख्दा आरोपित व्यक्ति भागी जाने वा प्रमाण नष्ट गर्ने अवस्था र आधार भएमा ऐन बमोजिम अदालतको अनुमति लिएको अवधिसम्म हिरासतमा राख्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम अनुसन्धानको क्रममा हिरासतमा राखिएको व्यक्तिले प्रचलित कानून बमोजिम अन्य निकायले अनुसन्धान गर्ने कसूर समेत गरेको देखिएमा सो व्यहोरा जानकारी भएको तीन दिनभित्र सम्बन्धित निकायलाई जानकारी दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम सम्बन्धित निकायले आफ्नो क्षेत्राधिकारभित्र पर्ने कसूरको जानकारी पाएमा यथासम्भव उक्त व्यक्तिलाई हिरासत राखिएको अवधि समेतलाई हिसाब गरी अनुसन्धान अगाडि बढाउन सक्नेछ।